- संगालोखबर सम्बाददाता

काठमाडौं । धनकुटाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र राई मन्त्री बन्ने भएका छन् । नेकपा एमालेले मन्त्रीका लागि राईसहित चार जनाको नाम पठाउँने तयारी गरेको स्रोतले जनाएको छ ।

Advertisement

स्रोतका अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने छ । पौडेलले उपप्रधान र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । मन्त्रीका लागि एमालेले राईसहित दामोदर भण्डारी र ज्वाला साहको नाम पनि पठाउँने तयारी गरेको छ ।

उनीहरुले कुन–कुन मन्त्रालय पाउँने यकिन भइसकेको छैन । एमाले केन्द्रिय सदस्य राई पार्टीका धनकुटा इन्चार्ज पनि हुन् । उनी मन्त्री बन्ने पक्कापक्की भइसकेको एमाले धनकुटा अध्यक्ष इन्द्रमणी पराजुलीले बताए । ‘पहिलो चरणमै उहाँ मन्त्री बन्ने कुरा माथिबाट आइसकेको छ,’ पराजुलीले संगालोखबरसँग भने, ‘आजै उहाँको सपथ ग्रहण हुन्छ ।’

स्रोतका अनुसार राईलाई सपथग्रहणको तयारी गर्नका लागि पार्टीले सूचना दिइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!