- संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले चुनावमा जनतासँग गरेको बाचा अनरुप आफ्नो चुनावी क्षेत्रका जनताको उपचारका क्रममा निःशुल्क सुविधाका लागि ५० शैयाको क्याबिनको व्यवस्था मिलाइदिएका छन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले आफ्नो चुनावी क्षेत्रका जनताका लागि नोबेल अस्पताल परिसरमा २५ कोठा भएको ५० शैयाको क्याविन निःशुल्क प्रयोगका लागि छुट्याइदिएका हुन् ।

डा.शर्माले आइतबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा क्याविन उद्घाटन गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका कांग्रेस नेता डा.शर्माले चुनावी अभियानका क्रममा मतदातासँग चुनाव जितेको ७२ घण्टाभित्र पाँच वर्षका लागि निःशुल्क क्याविनको व्यवस्था मिलाउँने बाचा गरेका थिए ।

सोही अनरुप डा.शर्माले चुनाव जितेको प्रमाणपत्र पाएको भोलिपल्टै क्याविन उद्घाटन गरेका हुन् ।

अब क्षेत्र नं.३ का जनताले नोबेल अस्पतालमा उपचारका लागि आउँदा सो क्याविनमा निःशुल्क बस्न पाउनेछन् । यसअघि प्रतिवेड दैनिक दुई हजार रुपैयाँ तिर्नुपर्ने सो क्याविनमा अब क्षेत्र नं.३ का जनताले निःशुल्क बस्न पाउँने भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!