संगालोखबर सम्बाददाता

झापा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको बुद्धशान्ति गाउँपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय गणेश माध्यमिक विद्यालयसँग सहकार्य गरेर विद्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो ।

Advertisement

शिविरमा ६ सय ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १ सय ९२ जनाको भिडियो एक्सरे, १ सय ८९ जनाको रक्त परीक्षण र १ सय ४२ जनाको मुटुको जाँच इसीजी गरिएको छ ।

शिविरमा नोबेलका विशेषज्ञ डाक्टरहरूको टोलीले बिरामीको जाँच गरेको थियो । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सांसदसमेत रहेका नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको योजना अनरुप नोबेलले वर्षौ अघिदेखि नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!