पूर्वमन्त्री भानुभक्त ढकाललाई २२ हजार मतान्तरले हराउँदै डा.सुनिल शर्मा बिजयी
विराटनगर । मोरङको क्षेत्र नं.३ मा पूर्वमन्त्री एवं एमाले नेता भानुभक्त ढकाललाई भारी मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका नेता डा.सुनिल शर्मा बिजयी भएका छन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले पराजित गर्दै डा.शर्मा प्रतिनिधि सभा सदस्यमा बिजयी भएका हुन् ।
गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका कांग्रेस महासमिति सदस्य डा.शर्माले ४८ हजार ६ सय ३१ मत पाएका छन् । उनक...































