- संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल धनकुटा आइपुगेका छन् । पूर्व उपप्रधान एवं रक्षा मन्त्रीसमेत रहेका पोखरेल शुक्रबार साँझ धनकुटा आइपुगेका हुन् ।

Advertisement

सहिदभूमि गाउँपालिकामा शनिवार आयोजना गरिएको छिन्ताङ्ग हत्याकाण्डका सहिद परिवारसहित बिभिन्न व्यक्तिलाई सम्मान गर्ने कार्यक्रमका लागि नेता पोखरेल धनकुटा आएका हुन् ।

नेता पोखरेललाई एमाले नेताहरूले स्वागत गरेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औं स्थापना दिवसको अवसर पारेर मुक्ति समाज प्रदेश १ कमिटीले सहिद परिवारलाई सम्मान कार्यक्रम आयोजना गरेको हो ।

सम्मान कार्यक्रम अघि प्रेस चौतारी धनकुटाले नेता पोखरेलसँग पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार महासंघको सभा हलमा बिहान ८ बजे नेता पोखरेलसँग पत्रकार सम्मेलन आयोजना गरिएको प्रेस चौतारीका अध्यक्ष रबिन कटेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!