संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । नियमित उडान बन्द भएको १४ बर्षपछि बिहीबार विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरिएको छ । नेपाल वायु सेवा निगमले प्रदेश राजधानी विराटनगर र ताप्लेजुङबीचको परीक्षण उडान गरेको हो ।

काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको छ । परीक्षण उडान गरिएपनि अब नियमित उडानको भने टुंगो लागेको छैन । ताप्लेजुङमा २०३२ सालमा विमानस्थल निर्माण भएको हो । त्यसयता २०६५ सालसम्म विराटनगर–ताप्लेजुङ मात्र उडान हुँदै आएको थियो ।

Advertisement

काठमाडौं–ताप्लेजुङ उडान सुरु भएपछि विराटनगरको उडान रोकिएको हो । अहिले सातामा दुई दिन बिहीबार र शनिबार काठमाडौं–ताप्लेजुङ उडान हुँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!