संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको कमल गाउँपालिका–५ मा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार मोरङको बेलबारी नगरपालिका–८ की ५८ वर्षीया तुलसादेवी गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

मोटरसाइकल चालक बेलबारी–१० का ५८ वर्षीय शुक्रबहादुर तामाङ सकुशल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस चालक भोजपुरको अरूण गाउँपालिका–५ का ३० वर्षीय बल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!