- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा नगर प्रहरी र वारुणयन्त्रका कर्मचारीलाई अग्नि नियन्त्रण तथा उद्धार सम्बन्धि तालिम दिइएको छ । विराटनगर महानगरले काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक एवं वारुणयन्त्र सम्बन्धी विज्ञ किशोर भट्टराईलाई ल्याएर प्रशिक्षण दिन लगाएको हो ।

६ दिनसम्म चलेको तालिममा आगो नियन्त्रण र उद्धारका विषयमा जानकारी गराइएको छ । तालिममा महानगर प्रहरी र वारुणयन्त्रका २० जना कर्मचारी सहभागी भएको नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । महानगर आफैंले पहिलो पटक यस्तो तालिम आयोजना गरेको हो । यसअघि दमकलका कर्मचारीले अन्यत्रै गएर तालिम लिने गरेका थिए ।

यसैबीच, तालिम समापन अघि आगलागी नियन्त्रण र उद्धार गर्दा अपनाइने विधि प्रदर्शन गरिएको थियो । ग्यासमा आगलागी भएमा कसरी निभाउने भन्ने विधि पनि सिकाइयो । अग्नि नियन्त्रण र उद्धारको अभ्यास हेर्न पोखरिया उच्च माविसहित विभिन्न विद्यालयका विद्यार्थी पनि आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!