- संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा पाँच वर्षीय भान्जाको हत्या गरेको आरोपमा १२ वर्षीय मामा पक्राउ परेका छन् । मोलुङ–६ का पाँच वर्षीय साङ्गे शेर्पाको हत्या आरोपमा उनका मामा पर्ने १२ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबारदेखि अचानक बेपत्ता भएका शेर्पालाई आइतबार गाउँ नजिकैको जङ्गलमा स्थानीयले मृत अवस्थामा फेला पारेका थिए । मृतक बालकको शरीरका विभिन्न भागमा चोट लागेकाले घटना शंकास्पद देखिएको थियो । मामा पर्ने बालकले उक्त घटना घटाएको हुन सक्ने परिवार र स्थानीयको आशङ्कामा बालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका बालकले कुटपिट गर्दा शेर्पाको मृत्यु भएको खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!