- संगालोखबर सम्वाददाता

सांकेतिक तस्बीर

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ । कोसी–२ का १६ वर्षीय रञ्जितकुमार यादवको हत्या भएको हो ।

बुधबार उनको शव गाउँ नजिकैको आलु खेतमा आधा गाडिएको अवस्थामा फेला परेको थियो । उनी मंगलबार दिउँसो घरबाट लौकही गएदेखि हराइरहेका थिए । बुधबार स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

मृतकको शरीरमा घाउचोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनाको अनुसन्धानमा कुकुर परिचालन गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!