- संगालोखबर सम्वाददाता

झापा । झापाको दमक नगरपालिका वडा नंम्बर १ र ९ बाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाँउपालिका–४ घर भई हाल दमक–१ कुमाल चोक बस्ने ३९ वर्षीय धनराज आले र दमक–९ की २३ वर्षीया अनिशा कार्की छन् ।

Advertisement

बुधबार साँझ साढे ६ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले मे ७ प ५१०७ नम्बरको मोटरसाइकल चालक आलेलाई चेकजाँच गरेको थियो । सोही क्रममा उनको साथबाट ८ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको हो । त्यस्तै सोही दिन दमक–९ मा रहेको चिया दोकानमा बसिरहेको अवस्थामा कार्कीलाई चेकजाँच गर्दा उनको साथमा २ ग्राम ब्राउन सुगर फेला परेको हो । लागूऔषध फेला परेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गरेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!