- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको पाँच दिने योग शिविर सम्पन्न भएको छ । विराटनगरमा सोमबार कार्यक्रम आयोजना गरी शिविरको समापन गरिएको हो ।

Advertisement

समापन समारोहलाई सम्बोधन गर्दैै महानगरपालिकाका मेयर नागेश कोइरालाले जनताको स्वास्थ्यप्रति गम्भीर रहेको बताएका छन् । योगले स्वास्थ्य जीवन व्यतीत गर्न सहयोग पुग्ने भन्दै उनले १९ वटै वडामा योग शिविर सञ्चालन गर्न महानगर तयार रहेको बताए ।

११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र न्यौपानेले खानपान र जीवनशैलीमा परिवर्तन गर्न सकिए स्वस्थ जीवनयापन गर्न सकिने बताए । वडावासीका लागि विराटनगर ११ मा योग शिविर सञ्चालन गरिएको उनको भनाई छ ।

पतञ्जली योग समिति मोरङका अध्यक्ष ध्रुवबहादुर प्रधानले स्वस्थ जीवनका लागि योगको महत्वका बारेमा उल्लेख गरेका थिए । सहभागीका तर्फबाट पत्रकार विजय खतिवडाले ५ दिने योग शिविरबाट धेरै जानकारी प्राप्त भएको बताए । उनले महानगरका सबै वडामा योग शिविर सञ्चालन गरेर विराटनगरलाई देशमै उदाहरणीय बनाउनुपर्नेमा जोड दिए ।

योग प्रशिक्षक नेनिन राई, शिल्पा प्याकुरेल, विनु सापकोटा, चन्द्रमणि गुरागाईं लगायतले प्रशिक्षण दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!