- संगालोखबर सम्वाददाता
फायल तस्बीर

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाम मन्दिरको दानपेटिका चोरी भएको छ । आइतबार राति दानपेटिका चोरी भएको हो ।

सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार गोलोक गोवर्धन गौशालासहित तीन वटा दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको छ । एउटा दानपेटिका हराएको छ । दानपेटिका फोरेर भेटी चोर्नेले फलामे साङ्लामा गर्भे ताला लगाइएको मुख्य दानपेटिका फोर्न नसकेपछि त्यही लिएर भागेको हुनसक्ने राईले बताए। यसरी दानपेटिका फोरेर भेटी चोरी हुनु र दानपेटिका नै हराउनु गम्भीर भएको जनाउँदै अनुसन्धान गर्न माग गरिएको छ ।

Advertisement

बालचर्तुदर्शीका भेटीहरू सङ्कलन गरेर दाखिला गरिएको र त्यसपछि जम्मा भएको भेटी हराएको जनाइएको छ । करिब एक महिना अवधिमा दानपेटिकामा हालिएको रकम चोरी भएको हो ।

दानपेटिकामा कति रकम थियो भन्ने खुलेको छैन । सताक्षीधामको दिगम्बेस्वर महादेव मन्दिरको दानपेटिका गत भदौमा पनि चोरी भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!