- संगालोखबर सम्वाददाता
फायल तस्वीर

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ स्थित एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान राती साढे १ बजे स्थानीय मेखबहादुर गुरुङको घरमा आगलागी भएको हो ।

आगलागीमा मेखबहादरुकी छोरी २२ वर्षीया ममता र बुहारी २३ वर्षीया आसाङसिंह थेवेको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ढुङ्गा र माटोले बनेको ३ तले कच्ची घरमा अचानक आगलागी भएको थियो ।

Advertisement

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा राती नै आगो नियन्त्रणमा लिइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!