- संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–९ त्रिशुलेका २९ वर्षीय शिव कुमार भण्डारी छन् ।

Advertisement

सोमवार अपरान्ह ४ बजे आफ्नै घरमा रहेको मिलमा मकै पिस्ने क्रममा करेन्ट लाग्दा भण्डारी घाइते भएका थिए । उपचारका लागि चैनपुर अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!