- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपलिका–१३ बाट स्कुटर चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको वर्दिवास नगरपालिका–२ का ३० वर्षीय राम दुलार महतो छन् ।

Advertisement

बुधबार बेलुका इटहरी–१३ बाट रोशन चौधरीको घर अगाडि पार्किङ गरेको को ३३ प ८५५३ नम्बरको स्कुटर चोरी भएको थियो । स्कुटर चोरेर लैजादै गरेको अवस्थामा महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका महतोको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!