- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित पूर्व पश्चित राजमार्गमा भारतीय मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५९ वर्षीया सीतादेवी मुखिया छिन् ।

शनिवार अपरान्ह्र ४ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको वीआर ३२ एएच ६२४४ नम्बरको भारतीय मोटरसाइकलले सीतादेवीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएकी मुखियालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

Advertisement

मोटरसाइकल चालक भारतको मधुवनि गाउँपालिका–२६ का २२ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!