- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर
फायल तस्बीर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदीस्थित कोशी राजमार्गबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

धरानबाट धनकुटातर्फ आउँदै गरेको प्र १–०२–०४१ प २९८८ नम्बरको मोटरसाइकलमा सवार चौबिसे गाउँपालिका–४ का २२ बर्षीय सुजन भण्डारी र १९ बर्षीय सबल कुमार घिमिरेको साथमा लागुऔषध नाइट्रोजेपाम र फेनारगन फेला परेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

मोटरसाइकलको पछाडि सवार घिमिरेले बोकेको झोलामा अवैध लागूऔषध नाइट्रोजेपाम ६०० सय चक्की र फेनारगन ८३ एम्पुल फेला परेको प्रहरीले जनाएको छ । लागूऔषध फेला परेपछि दुवै जनालाई पक्राउ गरी प्रहरीले उनीहरूविरुद्ध कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!