- संगालोखबर सम्बाददाता

धनकुटा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनकुटा महोत्सव उद्घाटन गर्ने भएका छन् । माघ ६ देखि १६ गतेसम्म हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने भएका हुन् ।

उद्योग वाणिज्य संघ धनकुटाले टुँडिखेलमा पाँचौ धनकुटा महोत्सव गर्न लागेको हो । महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री दाहाललाई निमन्त्रणा गर्न आयोजक उद्योग वाणिज्य संघका पदाधिकारीसहित धनकुटाको टोली सिंहदरवार पुगेको थियो । सो टोलमा धनकुटाबाट प्रतिनिधित्व गर्ने मन्त्री राजेन्द्र राई, प्रदेश सांसद एवं एमाले धनकुटा अध्यक्ष इन्द्रमणी पराजुली, कांग्रेस जिल्ला अध्यक्ष दिनेश राई लगायत पनि सहभागि थिए । भेटमा प्रधानमन्त्री दाहालले महोत्सव उद्घाटनका लागि धनकुटा आउँने बचन दिएको उद्योग वाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए ।

‘महोत्सवमा प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्न हामी प्रधानमन्त्री समक्ष पुगेका थियौं,’ अध्यक्ष राईले भने, ‘उहाँले म आउँछु भनेर बचन दिनु भएको छ, अब प्रधानमन्त्रीबाटै महोत्सव उद्घाटन हुनेछ ।’ महोत्सवमा मन्त्री राजेन्द्र राई, पूर्व मन्त्री सुनिलवहादुर थापा, नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा लगायत पनि सहभागि हुने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!