- संगालोखबर सम्बाददाता

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–६ बाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ६७ बर्षीय कुमार चाम्लिङ छन् ।

Advertisement

आइतबार अपरान्ह ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाएर स्थानीयलाई धाकधम्कि दिएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । चाम्लिङले स्थानीयलाई धम्क्याएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक गोबिन्द बस्नेतको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । सोही क्रममा प्रहरीले कटुवा पेस्तोलसहित चाम्लिङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चाम्लिङको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!