- संगालोखबर सम्वाददाता

विराटनगर । प्रेस युनियन मोरङका पूर्वअध्यक्ष मीनकुमार नवोदित (श्रेष्ठ) ले युनियनको प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । विराटनगरमा भएको प्रेस युनियन आबद्ध पत्रकारहरूको भेलामा नवोदितले आसन्न प्रदेश अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

Advertisement

कारोबार दैनिकका प्रदेश-१ संयोजकसमेत रहेका नवोदित मकालु टेलिभिजनमा सहसम्पादकका रुपमा कार्यरत छन् । पत्रकारितासँगै साहित्यिक क्षेत्रमा पनि कलम चलाउँदै आएका श्रेष्ठका तीनवटा कृतिसमेत प्रकाशित छन् । सरकारले युवा साहित्यकारलाई दिने सबैभन्दा प्रतिष्ठित युवा वर्ष मोती पुरस्कारबाट समेत विभूषित भइसकेका नवोदित नेपाली लेखक संघ, आर्थिक पत्रकार मञ्चलगायत बिभिन्न सङ्घसंस्थामा आबद्ध छन् । प्रदेशमा युनियनलाई चलायमान बनाउन उम्मेदवारी घोषणा गरेको श्रेष्ठले बताए ।

पत्रकार महासङ्घसहित पत्रकार सम्बद्ध विभिन्न सङ्गठनहरूसँग सहकार्य गरेर पत्रकारहरूको हकहित र अधिकारका लागि आफूले काम गर्ने उनको भनाई छ । आफू अध्यक्ष भए वर्षमा कम्तीमा दुईपटक बेग्लाबेग्लै जिल्लामा प्रदेश भेला गर्ने उनको योजना छ । प्रदेशका १४ वटै जिल्लालाई समेटेर प्रेस युनियनको इतिहास झल्कने स्मारिकासमेत प्रकाशित गर्ने नवोदितले बताए । ‘आफूले नेतृत्व गर्न पाए युनियनलाई प्रदेशमा चलायमान बनाउँछु,’ उनले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!