- बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । जापानमा मृत्यु भएका धनकुटाको मारेककटहरेका अनिष कटुवालको शव बुधबार नेपाल ल्याइएको छ । अध्ययनका लागि भन्दै ६ महिना अघि जापानको टोकियो पुगेका २७ वर्षीय कटुवालको शव साँझ काठमाडौं ल्याइएको हो ।

Advertisement

अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन गत पुस १७ गते आफ्नै कोठामा उनको मृत्यु भएको थियो । नुहाउँन बाथरुम जाँदा अक्सिजन पास हुने भेन्टिलेसनको स्विच अन गर्न बिर्सिंदा अक्सिजनको कमी भई बाथरुमभित्रै उनको मृत्यु भएको बताइएको छ ।

अनिषका साथीहरू नयाँ वर्ष मनाउन बाहिर गएका बेला घटना भएको थियो । साथीहरू कोठामा फर्किदा बाथरुमको पानीमा डुबीरहेको अवस्थामा उनी मृत भेटिएका थिए । अनिष टोकियोस्थित इकेबुकुरोमा बसेर ताकाराजुका भाषा विद्यालयमा पढ्दै आएका थिए ।

मृत्यु भएको १० दिनपछि उनको शव काठमाडौं ल्याइएको हो । गैर आवासिय नेपाली संघ (एनआरएनए) तथा जापानमा रहेका नेपालीहरूको सहयोगमा शव नेपाल ल्याइएको मृतक कटुवालका छिमेकी केबी पौडेलले जानकारी दिए । उनका अनुसार शव नेपाल ल्याउन झण्डै १२ लाख खर्च भएको छ ।

यसैबीच, मृतक कटुवालको पार्थिव शरीरलाई उनका आफन्तले बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका छन् । अन्त्येष्टिका लागि नवनियुक्त मन्त्री राजेन्द्र राईसहित काठमाडौंमा रहेका धनकुटेलीहरु पशुपति आर्यघाट पुगेका थिए ।

मृतक कटुवाल ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!