- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटाको भेडेटारमा शनिबारबाट दशौं खाना महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर होटल एसोसिएसन भेडेटारले ‘फुड फेस्टिभल’ अर्थात खाना महोत्सव आयोजना गरेको हो ।

Advertisement

प्रदेश सभा सदस्य निरन राईले फेस्टिभल उद्घाटन गरेका छन् । फेस्टिभल उद्घाटन गर्दै सांसद राईले पर्यटन प्रवर्द्धनका लागि फेस्टिभलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई लगायतले पर्यटन प्रवर्द्धनमा फेस्टिभल महत्वपूर्ण सावित हुनेमा जोड दिए ।

फेस्टिभल उद्घाटनका अवसरमा राई, लिम्बु, मगर, नेवार लगायत जातिका जातीय नृत्यहरू प्रदर्शन गरिएको छ । ‘भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउँने हाम्रो चाहना’ नारासहित सुरु भएको फेस्टिभलमा जातीय खानेकुराका परिकार, सांस्कृतिक कार्यक्रम, हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ मुख्य आकर्षणको रुपमा छन् ।

तीन दिनसम्म चल्ने फेस्टिभलमा करिब ३० हजार पर्यटक भित्र्याएर एक करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा फेस्टिभलका लागि नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि पर्यटकहरू आएका छन् ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष भेडेटारमा फेस्टिभल आयोजना गरिदै आएको छ । कोरोना महामारीका कारण यसअघि केही वर्ष फेस्टिभल प्रभावित भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!