- संगालोखबर सम्वाददाता
पक्राउ परेका श्रीमान विश्वराज ।
पक्राउ परेका श्रीमान विश्वराज ।

झापा । झापाको अर्जुनधारामा श्रीमानले लात्ती प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–९ स्थित खरबन्दी बस्दै आएका विश्वराज घिसिङले लात्तीले हान्दा श्रीमती प्रमिलाको मृत्यु भएको हो ।

खाना नपकाएको निहुँमा मंगलबार साँझ करिब ६ बजे श्रीमान–श्रीमतीबीच झगडा भएको थियो । सोही क्रममा विश्वराजले प्रमिलालाई लात्तीले हानेका हुन् । पेटमा लात्तीले लागेर प्रमिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

भोजपुर घर भएका उनीहरु अर्जुनधारा–९ का वीरबहादुर भुजेलको घरमा डेरा बस्दै आएका थिए । लात्ती प्रहार गर्ने विश्वराजलाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!