- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेबासका ५५ परिवारलाई लालपूर्जा दिइएको छ । नापी कार्यालयले मुढेवासमा कार्यक्रम गरेर लालपूर्जा वितरण गरेको हो ।

Advertisement

कार्यक्रममा चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, नापी कार्यालयका प्रमुख मिथिलेश यादव, भूमि आयोगका अध्यक्ष बलबहादुर राई लगायतले लालपूर्जा वितरण गरेका छन् । वि.स.२०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपुर्जाबाट बञ्चित थिए ।

उनीहरूले ४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाएका हुन् । २०७७ देखि पुनः नापजाँच गरेर गाउँ ब्लकको नाममा सीमित जग्गा व्यक्तिको नाममा बनाएर लालपूर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख मिथिलेश यादवले बताए । उनका अनुसार गाउँ ब्लक भनेर लेखिएको जग्गालाई पुनः नाप नक्सा गरि पुर्जा वितरण गर्न नापी विभागले दिएको निर्देशन बमोजिम लालपुर्जा वितरण गरिएको हो ।

धनकुटाको चौबिसे र साँगुरीगढी गाउँपालिकामा गाउँ ब्लकको जग्गा छ । यसअघि साँगुरीगढी–५ ओख्रे र तुंखा गाउँका २८ परिवारलाई गत साउन ५ गते लालपूर्जा वितरण गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!