- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ३ डाँडागाउँमा सोमबार वाली उपचार शिविर आयोजना गरिएको छ । महालक्ष्मी नगरपालिका कृषि शाखाको समन्वयमा कृषि ज्ञान केन्द्र धनकुटाले एक दिने शिविर गरेको हो ।

Advertisement

शिविरमा डाँडागाउँ क्षेत्रका ४० भन्दा बढी कृषकहरूले रोग तथा कीरा लागेका बिरुवाको नमूना परिक्षण गराएका छन् । परीक्षणमा काउली बन्दागोभीमा क्लब रुट (जरा गाँठो हुने) रोग साथै सुन्तला जातका फलफूलमा किराको संक्रमण देखिएको कृषि प्राविधिक शेखर चापागाँईले जानकारी दिए ।

उनका अनुसार शिविरमा यसको उपचार विधि बताएर र आवश्यक जैविक विषादी निःशुल्क वितरण गरिएको छ । खेतीबालीमा रोगकीराको संक्रमण धेरै देखिएकाले शिविरको आयोजना गरिएको महालक्ष्मी नपा वडा नं. ३ का वडाध्यक्ष रामचन्द्र थापाले बताए ।

त्यस्तै कार्यक्रममा आमाहरूलाई विषादीरहित पोषणयुक्त खानेकुरा सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा कृषि प्राविधिक चापागाँईले पोषणको विषयमा र वाली संरक्षण अधिकृत सुरज खनालले विषादीरहित खानेकुराको विषयमा जानकारी गराएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!