संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै संघीयता बलियो हुने बताएका छन् । उनले संघीयता बलियो नभएसम्म मुलुकको विकाससमेत नहुने बताएका हुन् ।

Advertisement

इस्वी सम्वत् २०२३ को नयाँ वर्षको अवसरमा महानगरवासीलाई शुभकामना दिँदै मेयर कोइरालाले तीनै तहको सरकार बीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरेका हुन् । उनले संकीर्ण र साँघुरो मानसिकता बोकेर देशको विकास नहुने दाबी गरे ।

मेयर कोइरालाले शुभकामना सन्देश दिँदै स्थानीय तहलाई थप अधिकार सम्पन्न र स्रोतसाधनयुक्त बनाउनुपर्नेमा जोड दिए । स्थानीय तहको विकासले मात्रै समग्र मुलुकको विकास हुने मेयर कोइरालाले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!