- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । साँगुरीगढी गाउँपालिकाले २५ घरपरिवारलाई गरिब परिचय पत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको कार्यक्रम अनुसार साँगुरीगढी वडा नं.–७ मा गरिब परिचयपत्र वितरण गरिएको हो ।

Advertisement

कार्यक्रममा गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत मनोज ठाकुर, वडाध्यक्ष पूर्णप्रशाद राई लगायतले संयुक्त रुपमा परिचय पत्र वितरण गरेका छन् । परिचयपत्रको अवधि पाँच वर्षसम्म कायम रहने छ ।

अति गरिब, मध्यम गरिब र सामान्य गरीब गरी तीन प्रकारका परिचय पत्र वितरण गर्ने गरिएको छ । परिचयपत्र बाडिए पनि हाल त्यसको कुनै कार्ययोजना तथा कार्यविधि बनेको छैन ।

साँगरीगढी गाउँपालिकामा अहिले ३ सय वटा परिचयपत्र आएका छन् । अन्य परिवारलाई बाँकी परिचयपत्र पनि वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!