- संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Advertisement

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्की झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित कार्की अघिल्लो कार्यकालमा कानुन मन्त्री बनेका थिए ।

उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदले समर्थन गरेका छन् । प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्ने भएपनि कार्की झण्डै दुई तिहाइ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!