- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ स्थित बेल्टारमा आज बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । संखुवासभाबाट धरान जाँदै गरेको को १ ज २२७५ नम्बरको जिप बिहान करिब ११ बजे पल्टिएको हो ।

Advertisement

दुर्घटनाका घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घाइते ७ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ४ जनालाई धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

संखुवासभाको चैनपुर ६ का २६ वर्षीया इन्दिरा रोक्का, ९ वर्षीय सिस्टम रोका, ५ वर्षीय सोयस रोका, ४२ वर्षीय बलिभद्र तामाङ, चैनपुर–७ की ६३ वर्षीया सरस्वती आचार्य, ५५ वर्षीय तेजबहादुर श्रेष्ठ र १५ वर्षीया दिप्सा श्रेष्ठलाई धरान पठाइएको हो ।

त्यस्तै, चैनपुर ७ की २७ वर्षीया सविता श्रेष्ठ, ५ वर्षीया जेशिका श्रेष्ठ, ४० वर्षीय दिलबहादुर अछामी र चैनपुर–६ की ३१ वर्षीया सविना थापाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

दुर्घटनापछि जिप चालक मोरङको बेलबारी–२ का १९ वर्षीय प्रविण कोइरालालाई लेगुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । जिप सडकबाट करिब ५० मिटर तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!