- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान घाइते अवस्थामा छन् । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका–११ स्थित बच्चाबगरकी ६१ वर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।

आइतबार बिहान साढे २ बजे जंगली हात्तीले कृष्णमायालाई आक्रमण गरेको थियो । हात्तीले घर भत्काउन थालेपछि चिच्याउँदै बाहिर निस्कने क्रममा हात्तीले आक्रमण गर्दा उनी घाइते भएकी थिइन् । अस्पताल लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट उनका श्रीमान् शान्तिराम पनि गम्भीर घाइते भएका छन् ।

Advertisement

रतुवामाई वृक्षारोपण आयोजनाको जंगलबाट आहाराका लागि हात्ती गाउँ पसेका थिए ।  एउटा छावासहित ४ वटाको समूहमा रहेको हात्तीले राति ११ बजेदेखि नै गाउँमा उपद्रो गर्न लागेको थियो । आहाराका लागि छावा भण्डारण गरिएका अन्न खान घरभित्र पस्ने र माउ हात्तीले छावालाई घर बाहिर निकाल्दा घर भत्काउने गरेको स्थानीयको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!