संगालोखबर सम्बाददाता

महोत्सवको तयारीका विषयमा आयोजित पत्रकार सम्मेलन । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर 

धनकुटा । शुक्रबारबाट धनकुटामा सुरु हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी, एभोकाडो एवम् पाँचौ धनकुटा महोत्सवको तयारी पुरा भएको छ । आयोजक उद्योग वाणिज्य संघले बिहीबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएको हो ।

Advertisement

केही सामान्य काम बाहेक बाँकी सम्पूर्ण तयारी पुरा भएको उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए । उनले सम्पूर्ण जिल्लावासीको महोत्सव भएकाले सफल पार्न सबैमा आग्रह गरे । ‘उद्योग वाणिज्य संघले महोत्सवको समन्वय गरिदिएको मात्र हो, यो महोत्सव समग्र धनकुटेलीको हो,’ राईले भने, ‘यो सबैको महोत्सव भएकाले सफल पार्नका लागि सम्पूर्ण जिल्लावासीलाई अपिल गर्न चाहन्छु ।’

शुक्रबार बिहान ११ बजे महोत्सव उद्घाटन गर्ने आयोजकको तयारी छ । महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आउँने आयोजकले जनाएको छ । राष्ट्रिय राजनीतिक घटनाक्रमका कारण प्रधानमन्त्री दाहाल आउँन नपाए भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले महोत्सव उद्घाटन गर्नेछन् । मन्त्री राई गृह जिल्ला धनकुटामा शुक्रबार बिहान आउँदैछन् ।

महोत्सवमा १८२ स्टल राखिएको छ । टुँडिखेलमा हुने महोत्सवलाई १ लाख भन्दा बढीले अवलोकन गर्ने र ५ करोड भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको महोत्सव प्रचारप्रसार समिति संयोजक श्रीराम रायमाझीले बताए । महोत्सवमा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!