- संगालोखबर सम्बाददाता

विराटनगर । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झना गर्दै सोमबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ । नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले अस्पताल अगाडि साँझ दीप प्रज्वलन गरेर मृतकहरुको सम्झना गरेका हुन् ।

Advertisement

दीप प्रज्वलनमा नोबेलको एमबीबीएस र बीडीएसका विद्यार्थीहरु सहभागि थिए । उनीहरुले मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेका छन् । मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसमेत गरिएको नोबेलमा अध्ययनरत विद्यार्थी विविसा बुढाथोकीले जानकारी दिइन् ।

आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट ६८ यात्रु र चालकदलका चार सदस्यसहित पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा हालसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ, बाँकी दुई जनाको खोजी भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!