- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.७ का वडाध्यक्ष नेत्रबहादुर अधिकारी वडा कार्यालयको झ्यालबाट हामफालेर भागेका छन् । अदालतको आदेश लत्याउँदै वडाध्यक्ष अधिकारीले नागरिकताको सिफारिस दिन नमानेको भन्दै आक्रोशित स्थानीयवासीको प्रदर्शन चर्किदै गएपछि वडाध्यक्ष भागेका हुन् ।

Advertisement

नागरिकताको सिफारिसका लागि सबै प्रकृया पुरा गरेर आएका महालक्ष्मी–७ लुम्लीका खेमराज अधिकारीलाई सिफारिस दिन वडाध्यक्षले नमानेपछि स्थानीयवासी विरोध प्रदर्शनमा उत्रिएका हुन् । स्थानीयवासी वडा कार्यालय घेराउका लागि बिहान १० बजे नै वडा कार्यालय पुगेका थिए । स्थानीयको प्रदर्शनकाबीच वडाध्यक्ष अधिकारी प्रहरीको साथमा वडा कार्यालय प्रवेश गरेका थिए । वडाध्यक्ष अधिकारी कार्यालय भित्रै भएका बेला प्रदर्शन झन चर्किदै गएपछि उनी कार्यालयको पछाडिको झ्यालबाट हामफालेर भागेको प्रत्यक्षदर्शी स्थानीय लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्ष अधिकारी भागेपछि स्थानीयवासी प्रदर्शन गर्दै नगरपालिकाको कार्यालयमा पुगेका छन् । उनीहरूले वडाध्यक्षको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन् । खेमराजका बुवा र आमाको विवाह दर्ता नरहेको बाहनामा उनले नागरिकताको सिफारिस दिन नमानेका हुन् । खेमराजका बुवा जंगबहादुर र वडाध्यक्ष नेत्रबहादुर नाताले दाजु–भाई पर्छन् । जंगबहादुरले खेमराजकी आमालाई छोडेर अर्को विवाह गरेका छन् । नागरिकताको सिफारिस नपाएपछि खेमराजले अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतले खेमराजकै पक्षमा फैसला गर्दै नागरिकताको सिफारिस दिन वडा कार्यालयलाई आदेशसमेत दिइसकेको छ । तर, खेमराजले नागरिकता पाउँदा बुवा जङ्गबहादुरबाट अंश पाउने भएकाले उनलाई नागरिकता दिन वडाध्यक्षले नचाहेको पीडित पक्षको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!