- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भइरहेको छ । आगलागीमा परी तीन वटा घर जलेर नष्ट भएका छन् । आगो अझै नियन्त्रणबाहिर छ ।

Advertisement

साँझ करिब ७ः३० बजेबाट आगालागी सुरु भएको हो । स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणका लागि धनकुटा नगरपालिका र तेह्रथुमको लालिगुरास नगरपालिकाको दमकल बोलाइएको छ । यो समाचार तयार पर्दासम्म तेह्रथुमको दमकल आइपुगेर आगो नियन्त्रणमा खटिएको छ ।

धनकुटाबाट हिडेको दमकल अहिलेसम्म घटनास्थल आइनपुगेको स्थानीय निलबहादुर थापाले संगालोखबरलाई जानकारी दिए । ‘तेह्रथुमको दमकल भर्खरै आएर आगो निभाउँन खटिएको छ, धनकुटाको दमकल आइपुगेको छैन, हिले क्रस भयो भन्ने कुरा आएको छ ।’

अपडेट: सिधुवा बजारको आगो नियन्त्रण

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!