- संगालोखबर सम्वाददाता


धनकुटा । धनकुटाको सिधुवा बजारमा भीषण आगलागी भएको छ । आगलागीमा परी हालसम्म तीन वटा घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणबाहिर छ ।

स्थानीयबासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । धनकुटा नगरपालिका र तेह्रथुमको लालिगुरास नगरपालिकाको दमकल आगो नियन्त्रणका लागि बोलाइएको छ । धनकुटा सदरमुकामबाट थप प्रहरी टोली आगो नियन्त्रणका लागि गएको छ ।

Advertisement

मुख्य बजार क्षेत्रमा ठूलो आगो फैलिएकाले नियन्त्रणमा समस्या भएको छथर जोरपाटी वडा नं.६ का वडाध्यक्ष दिपक गुरुङले बताए । आगलागीका क्रममा ग्यास सिलिण्डर बिस्फोट भएकाले आगो बढी फैलिएको छ ।

सिधुवा आगलागी अपडेट: तेह्रथुमबाट दमकल आइपुग्यो, धनकुटाबाट दमकल र प्रहरी जाँदै

 

सिधुवा बजारको आगो नियन्त्रण

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!