- संगालोखबर सम्वाददाता

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।  आइतबार साँझ साढे ६ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटोमा ल्याउँदै गरेको अवस्थामा ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । लागूऔषध फेला परेपछि अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय सन्देश राई र २० वर्षीय सन्तोष राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!