- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका–७ बाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१८ का ३६ वर्षीय रवि प्रकाश साह छन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले  विराटनगर–७ मा रहेको माछापुच्छ्रे बैङ्क नजिकबाट साहलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले स्रोत नखुलेको ७ लाख ९ हजार रुपैयाँ, बिभिन्न बैङ्कका १४ वटा एटिएम कार्ड र बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाँको भौचर १० थान बरामद गरेको छ ।

त्यस्तै ६ लाख रुपैयाँको चेक २ थान, चेक बुक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका साहको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!