- संगालोखबर सम्वाददाता

धनकुटा । माघे संक्रान्तिको अवसरमा धनकुटाको महालक्ष्मी नगरपालिका–५ राम बजारमा आइतबार (आज) ‘अगुल्टे मेला’ लाग्ने भएको छ । राम बजारस्थित अरुण नदी किनारमा हरेक वर्ष लाग्दै आएको अगुल्टे मेला सदाझैँ यस वर्ष पनि लाग्ने भएको हो ।

बर्षौ अघिदेखि लेगुवामा माघे संक्रान्तिको अवसरमा मेला लाग्दै आएको छ । मेला अवलोकनका लागि महालक्ष्मीका विभिन्न वडासहित छिमेकी पालिकाहरुबाट ठूलो सङ्ख्यामा मानिसहरू आउँने गर्छन् । छिमेकी जिल्ला भोजपुर र संखुवासभाबाट पनि मेला अवलोकनका लागि मानिसहरू आउँने गरेका छन् । लेगुवा पुग्नेहरुले मेला अवलोकन गर्ने र अरुण नदीमा मकर स्थान गर्ने चलन छ ।

यसैबीच, माघे संक्रान्तिकै अवसरमा लेगुवा बजारमा सांस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । महालक्ष्मी नगरपालिका र ५ नं. वडा कार्यालयको सहयोगमा अरुण युवा क्लव, रामबजार व्यवस्थापन समिति र वडा खेलकुद विकास समितिले कार्यक्रम आयोजना गरेका हुन् ।

आइतबार अपरान्ह ४ बजेपछि सांस्कृतिक कार्यक्रम सुरु हुने कार्यक्रम व्यवस्थापक भरतराज कुँवरले जानकारी दिए । उनका अनुसार सांस्कृतिक कार्यक्रमका लागि चर्चित गायक सुमग पोखरेल लेगुवा आउँदैछन् । गायक तेजेन्द्र गन्धर्व, परेश राई, टिका मगर, गायिका बबिना किराँती लगायतले पनि दर्शकमाझ साँगीतिक प्रस्तुती दिनेछन् । स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहनेछ । सांस्कृतिक कार्यक्रमका लागि आयोजकले आवश्यक तयारी गरिसकेको छ ।

यता, माघे संक्रान्तिकै अवसरमा शुक्रबारबाट सुरु भएको भलिबल प्रतियोगिताको फाइनल खेल पनि आइतबार विहान ८ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!