- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सिधुवा बजारमा लागेको आगो नियन्त्रण भएको छ । आज साँझ करिब ७ः३० बजेबाट आगलागी सुरु भएको थियो । दुई घण्टापछि करिब ९ः३० बजे आगो नियन्त्रणमा लिइएको हो ।

Advertisement

आगो नियन्त्रणमा आएकाले प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । ‘धनकुटा र तेह्रथुमबाट आएका दुई वटै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ,’ सीडीओ कटेलले संगालोखबरसँग भने, ‘प्रारम्भिक रुपमा हेर्दा तीन वटा घर क्षति भएको देखिएको छ, क्षतिको थप विवरण प्रहरीले संकलन गर्दैछ ।’

क्षतिको विवरण संकलन भइरहेकाले यकिन विवरण आउँन केही समय लाग्ने धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए । आगो नियन्त्रणका लागि धनकुटा नगरपालिका र तेह्रथुमको लालिगुरास नगरपालिकाको दमकल खटिएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका हुन् ।

यसअघि प्रकाशित समाचार…

धनकुटाको सिधुवा बजारमा भीषण आगलागी

 

सिधुवा आगलागी अपडेट: तेह्रथुमबाट दमकल आइपुग्यो, धनकुटाबाट दमकल र प्रहरी जाँदै

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!