- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–५ टुँडिखेल नजिक घर भएकी सिल्पा श्रेष्ठले हाउजी बिङ्गो खेलमा तीन तोला सुन जितेकी छन् ।

Advertisement

धनकुटा महोत्सवस्थल टुँडिखेलमा सोमबार राती सञ्चालन गरिएको हाउजी बिङ्गो खेलमा हाउसफुल गर्दै श्रेष्ठले पुरस्कार स्वरुप सुन पाएकी हुन् । धनकुटा–५ स्थित कोप्चे पुनर्जागरण अभियानले हाउजी खेलाएको हो ।

उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले श्रेष्ठलाई सुन हस्तान्तरण गरेका छन् । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय छ । सो आधारमा श्रेष्ठले पुरस्कार स्वरुप ३ लाख १५ हजार ९ सय मूल्य बराबरको सुन पाएकी हुन् ।

महोत्सव स्थलमा केही दिन अघि चार तोला सुन पुरस्कार राखेर हाउजी खेलाइएको थियो । अब केही दिन पछि तीन तोला सुन र स्कुटर पुरस्कार राखेर हाउजी खेलाउने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!