- संगालोखबर सम्वाददाता

धनकुटा । यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई बुधबार कालोमोसो दलिएको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउँन लुइँटेलले घुस लिने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

८/१० जनाको समूहमा कार्यालय पुगेका सो पार्टीका कार्यकर्ताले दिउँसो करिब १ः३० बजे कार्यकक्षमै लुइँटेललाई कालोमोसो दलेका हुन् । कार्यालय प्रमुख लुइँटेलले आफू मातहतका दलाल परिचालन गरेर घुस लिई लाइसेन्स दिने गरेको उनीहरूको आरोप छ ।

सो पार्टीका जिल्ला संयोजक मोहन घलेद्वारा बुधबार जारी विज्ञप्तिमा लुइँटेलले एउटा लाइसेन्सबापत १८ हजारसम्म घुस लिने गरेको उल्लेख गरिएको छ ।

‘सरकारी नीति अनुसार प्रकृया पुर्याएर उपलब्ध गराइने ड्राइभिङ लाइसेन्स कार्यालय प्रमुख लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरका केही व्यक्ति प्रयोग गरी सेवाग्राहीलाई बाध्य बनाएर प्रतिगोटा १२ हजार देखि १८ हजारसम्म घुस लिने गरेको प्रमाणित भएकाले उनलाई चेतावनीसहित कारबाही गरिएको जानकारी गराउँछौ,’ विज्ञप्तिमा लेखिएको छ ।

यस्तो छ विज्ञप्ति…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!