संगालोखबर सम्वाददाता

झापा । झापाको कन्काई नगरपालिका–३ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् । गएराती विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ घर भई कन्काई–३ मा डेरा गरी बस्दै आएका सुमन चौधरीको कोठामा खानतलासी गरेको थियो ।

Advertisement

सोही क्रममा उनको कोठाबाट प्रहरी २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, २२ हजार ५० रुपैयाँ नेपाली नगद, ३ हजार २ सय भारतीय रुपैयाँ र मे.१०प ५७१४ नम्बरको मोटरसाइकल बरामद गरेको हो ।

लागूऔषध फेला परेपछि घरमा रहेकी चौधरीकी श्रीमती मेनुका लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!