- संगालोखबर सम्बाददाता

धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले आफूले पारिश्रमिकबापत पाएको रकम धनकुटाको सिधुवाका आगलागी पीडितलाई प्रदान गरेका छन् । बुधबार बिहान सिधुवा पुगेर मन्त्री राईले आगलागी पीडित आठ परिवारलाई ५५ हजार नगद प्रदान गरेका हुन् ।

Advertisement

मन्त्री राईले पीडित झमक थापालाई १५ हजार र सन्तबहादुर राईलाई १० हजार प्रदान गरे । त्यस्तै, पीडित लीला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरको परिवारलाई पनि जनही पाँच/पाँच हजार प्रदान गरेका छन् । उनले पीडित परिवारको घर निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

आगलागीबाट घर जलेका पीडितहरूलाई थोरै भएपनि सहयोग गरौँ भन्ने सोचले पारिश्रमिकबापत पाएको रकम प्रदान गरेको मन्त्री राईले बताए । ‘म बाहिर भएकाले आगलागीका बेला आउँन सकिन । तर, उतैबाट भएपनि छिटो आगो नियन्त्रणका लागि दमकल र प्रहरी पठाउँन समन्वय गरेको थिए,’ सहयोग हस्तान्तरण गर्दै मन्त्री राईले भने, ‘तपाईहरु पीडामा हुनुहुन्छ, यो बेला सानै भएपनि सहयोग गरौँ भनेर मैले पाएको पारिश्रमिक बापतको रकम तपाईँहरूलाई दिएको हुँ ।’

गत पुस २९ गते सिधुवामा भएको आगलागीबाट ४९ लाख बराबरको क्षति भएको थियो । आगलागी पीडितहरूलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको छ ।

यसैबीच मन्त्री राईले आफ्नो पारिश्रमिक बापतको रकमबाट छथर जोरपाटी–६ मझुवाकी अपांगता भएकी ५३ वर्षीया गंगादेवी बस्नेतलाई ह्वीलचियर प्रदान गरेका छन् । बुधबार बस्नेतको घरमै पुगेर मन्त्री राईले ह्वीलचियर प्रदान गरेका हुन् । चुनावका बेला भोट माग्न पुग्दा राईले उनलाई सहयोग गर्ने बचन दिएका थिए । सोही बमोजिम उनले मन्त्री बनेपछि आफ्नो पारिश्रमिकबाट सहयोग गरेका हुन् ।

हड्डीको समस्याका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी बस्नेतले ह्वीलचियर पाएपछि मन्त्री राईलाई धन्यवाद दिइन् । चुनावका बेला बोलेको कुरा पुरा गरेको भन्दै उनले मन्त्री राईको प्रशंसा गरेकी छन् ।

 

थोरै बोल्ने र धेरै काम गर्ने योजनामा छु : मन्त्री राजेन्द्र राई

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!