- संगालोखबर सम्वाददाता

धरान । धरान उपमहानगरपालिका–५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरी बनाइएको घर महानगरले भत्काएको छ । सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घर आइतबार डोजर लगाएर भत्काइएको हो ।

Advertisement

स्थानीय मुना चौधरी लिम्बूले सो घर बनाएकी थिइन् । डोजरले घर भत्काउने क्रममा स्थानीयवासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ । तर ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालित गरिएकाले उनीहरुले स्थिति नियन्त्रणमा लिएका थिए ।

घर भत्काउनु अघि घर नबनाउन दुई पटक सूचना दिइएको थियो । तर, राजनीतिक आडमा जमिन मिचेको भन्दै घर भत्काइएको महानगरको भनाई छ । नगरको डोजर आउने सूचना पाएपछि धरान ५ का पूर्व वडाध्यक्ष सन्तोष लिम्बूसहितका स्थानीयबासी सो घरमा भेला भएका थिए । मुनाले लामो समयदेखि भोगचलन गरिरहेको जमिनमा घर बनाएको भन्दै भत्काउन नहुने उनीहरुले भनाई थियो ।

उपमहानगरले घर नबनाउन पत्राचार गरेपछि मुनाले वडा कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन् । तर उनको रिटमा अदालतले अन्तरिम आदेश दिएन  ।
घर बनेको जग्गालाई फुटबल मैदान बनाउने भन्दै यसअघिका वडाअध्यक्ष लिम्बुले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर जग्गा संरक्षण गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!