- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको अवसरमा बुधबार धनकुटामा पदयात्रा गरिएको छ । पृथ्वीनारायण शाहले एकीकरणको क्रममा पदयात्रा गरेको धरान फुस्रेदेखि धनकुटाको साँगुरीगढी–५ गढीसम्मको बाटोमा पदयात्रा गरिएको हो ।

Advertisement

सल्लेरीस्थित भीमदल गणको आयोजनामा करिब ५ किलोमिटर पदयात्रा गरिएको हो । प्रमुख जिल्ला अधिकारी युवराज कटेल, प्रमुख सेनानी सुमन थापा, प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारी, धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई लगायतले राष्ट्रिय झन्डोत्तोलन गरेर पदयात्रा उद्घाटन गरेका थिए ।

धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाले प्रायोजन गरेको पदयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, होटल व्यवसायी, पर्यटन व्यवसायी, शिक्षक, बुद्धिजीवी, सरकारी कर्मचारी, भू.पू सैनिक, स्थानीयवासी लगायत सहभागि थिए ।

पृथ्वीनारायण शाहको नेतृत्वमा १९३१ मा अभिमान सिंह बस्नेतले सुनसरीको विजयपुरमा विजय प्राप्त गरी गोर्खाली फौजहरूले एकीकरणका क्रममा सो बाटो प्रयोग गरेको हुनाले सोही मार्गमा पदयात्रा गरिएको भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले बताए । उनका अनुसार एकीकरणका क्रममा धरानको फुस्रेबाट चिउरीबारी, साँगुरीगढी, धारापानी हुँदै उत्तरी जिल्लाहरूमा गोर्खाली फौज प्रवेश गरेको थियो ।

सो क्षेत्रमा हरेक वर्ष पदयात्रा गरिदै आएको छ । यसअघि साँगुरीगढीदेखि धारापानी हुँदै फेदीसम्म पदयात्रा गर्ने गरिएको भएपनि यसपटक भने फुस्रेबाट पदयात्रा गरिएको हो ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!