- संगालोखबर सम्वाददाता

धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । विहीबार स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले खुकुरी प्रहार गरी उनका साथी ३५ वर्षीय कुमार बुढाथोकीको हत्या गरेका हुन् ।

राईले आफ्नै घरको भान्छा कोठामा खुकुरी प्रहार गरी बुढाथोकीको हत्या गरेका हुन् । त्यस्तै खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीया गोमा खड्का  गम्भीर घाइते भएकी छिन् ।

साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथि पनि खुकुरी प्रहार गरेका थिए । भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले हान्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए ।

हर्कबहादुरलाई  प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहारबाट घाइते भएकी गोमाको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ । मृतक बुढाथोकीको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । हत्याको कारण खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!