- संगालोखबर सम्बाददाता
फाइल तस्वीर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरमा बसन्त पञ्चमी मेला लाग्ने भएको छ । बसन्त पञ्चमीको अवसर पारेर महालक्ष्मी नगरपालिका र महालक्ष्मी ७ नं. वडा कार्यालयको सहयोगमा जितपुर बजार व्यवस्थापन समितिले माघ १० देखि १२ गतेसम्म मेला आयोजना गरेको हो ।

बसन्त पञ्चमीको अवसरमा जितपुरमा हरेक वर्ष मेला लाग्दै आएको छ । त्यसैलाई निरन्तरता दिदै यो वर्ष पनि ‘महालक्ष्मीको सान, कृषि पर्यटन, संस्कृति र सुशासन’ नारासहित मेला लगाउँन लागिएको हो । मेलाकै अवसरमा कृषि मेला प्रदर्शनी, फुटबल प्रतियोगिता, लोक नृत्य प्रतियोगिता र साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको महालक्ष्मी नगरपालिकाका निवर्तमान मेयर एवं जितपुरका स्थानीय पर्शुराम नेपालले जानकारी दिए ।

कृषि मेला प्रदर्शनमा महालक्ष्मी नगर क्षेत्रभित्रका कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनहरूको प्रदर्शनी गरिनेछ । प्रदर्शनीमा उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ । मेलाकै अवसरमा शनिबारबाट तेस्रो मेयर कप फुटबल प्रतियोगिता पनि सुरु भएको छ । प्रतियोगिताको उपाधिका लागि १० टिमबीच प्रतिष्पर्धा हुदैछ ।

मेलाकै अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साथमा १२ गते सांस्कृतिक कार्यक्रम पनि गरिने कार्यक्रम संयोजक कुसुम तुम्बाले जानकारी दिए । सांस्कृतिक कार्यक्रमका लागि गायक हिमाल सागर, अस्मिता अधिकारी, बिनोद खम्बु, सुनिता सम्योक लिम्बू लगायत कलाकारहरू जितपुर आउँदैछन् ।

त्यस्तैगरी, सोही दिन खुल्ला लोक नृत्य प्रतियोगिता पनि गरिदैछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमस ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!