- संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । मोरङको सुन्दरहरैंचामा अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको भोग्राहा गाउँपालिका–७ का ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव छन् ।

सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने दुबैलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिँदै थिए ।

Advertisement

सोही क्रममा प्रहरी चौकी गछियाबाट खटिएको टोलीले उनीहरूलाई प्र.१–०२–०४५ प ९४३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!