संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित उखुडाँडाबाट लागूऔषध गाँजासहित ५ जना पक्राउ परेका छन् । शनिवार कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा गाँजा फेला पारेको हो ।

Advertisement

धनकुटाबाट धरान तर्फ जाँदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद भएको होे । चेकजाँचकै क्रममा सोही बसमा सवार सहिदभूमी गाउँपालिका–१ धनकुटाका ३२ वर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ वर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

बसमा गाँजा बरामद भएपछि बसका चालक मोरङको सुन्दरहरैंचा–५ का ५१ वर्षीय रुद्रबहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका–७ का ४३ वर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका–५ का २९ वर्षीय सुरेन्द्र देवानलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनको विषयमा  जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!